ग्लोबल आइएमई लघुवित्तको नाफा र ईपीएस दुबै घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई लघुवित्तको नाफा र ईपीएस दुबै घट्यो



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा लघुवित्तले २ करोड ६७ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ५८.१५ प्रतिशतले कम हो ।

गत वर्षको यस अवधिमा कम्पनीले ६ करोड ३९ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । खुद नाफासंगै यसअवधिमा सञ्चालन नाफा पनि ५८ प्रतिशतले घटेर ३ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त नाफा ९ करोड १२ लाख रुपैयाँ रहेको थियो ।

संस्थाले ८ अर्ब ४८ करोड १० लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिसम्म यसले ३ अर्ब ५ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

लघुवित्तको वितरण योग्यनाफा १ करोड ४२ लाख रुपैयाँ छ । खुद ब्याज आम्दानी पनि १३.८३ प्रतिशतले घटेर १३ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ । साथै, इम्पेयरमेन्ट चार्ज पनि ३६ प्रतिशतले बढेर ३ करोड ८४ लाख पुगेको छ ।

ग्लोबल आइएमईको चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ छ । जगेडा कोषमा ५४ करोड ८२ लाख रुपैयाँ जम्मा भएको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ७६ पैसाले घटेर १९ रुपैयाँ ३६ पैसामा झरेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ २२ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर २.७३५ पुगेको छ ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार १०:४२