काठमाडौं । राजस्व सचिव रामेश्वर दंगालले खुला सीमाका कारण चिनी,लत्ता कपडामा चोरी पैठारी बढेको बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्रले नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका निम्ति सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका विषयक कार्यक्रम बोल्दै उनले चिनी,लत्ता कपडा लगाएतका कुरामा चोरी पैठारी बढेका कारण त्यसको सीधा असर राजस्वमा असर परेको बताए।
त्यस्तै विगतमा भन्दा व्यापार घाटा सुधार हुदै गएको भएपनि अहिले सेयर बजार, घर जग्गा कारोबारबाट हुने राजस्व संकलनमा भने गिरावट अएको उनको भनाई छ । उनले भने, अघिल्लो आवमा शेयर कारोबारबाट १४ अर्ब पुँजिगत लाभकर उठेको थियो । तर, अहिले बजार घट्दा यो पनि घट्दै गएको बताए।
राजस्व बढाउन के गर्न सकिन्छ भनेर सरोकारवालाहरुसंग छलफल गरिरहेको उनले बताए ।





Comment