समृद्धि फाइनान्सको खुद नाफा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

समृद्धि फाइनान्सको खुद नाफा घट्यो



काठमाडौं । समृद्धि फाइनान्स चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड १४ लाख रुपैयाँ घाटामा रहेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले २६ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी भने १२९.२४ प्रतिशतले बढेर २ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले १ करोड ५ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यता, कम्पनी यो त्रैमाससम्म आईपुग्दा ३ करोड ६५ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष पनि कम्पनी ५७ लाख २५ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । असोजसम्म यसले १ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

समृद्धिको हाल चुक्ता पुँजी ७४ करोड २१ लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा १८ करोड २६ लाख रुपैयाँ रहेको छ ।

यसको खराब कर्जा ४.५८५ बाट बढेर ६.०१५ पुगेको छ । असोजसम्ममा कम्पनी प्रतिसेयर १६ रुपैयाँ ९६ पैसा (वार्षिक)नोक्सानमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ७८ रुपैयाँ ५७ पैसा रहेको छ ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार १३:३२