राष्ट्र उत्थान लघुवित्तको खुद नाफामा गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र उत्थान लघुवित्तको खुद नाफामा गिरावट



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा ६९.४६ प्रतिशतले घटेर ३८ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्षको सोही अवधिमा लघुवित्तले १ करोड २५ लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

लघुवित्तको पहिलो त्रैमासमा आइपुग्दा चुक्ता पुँजी २६ करोड रहेको छ भने जगेडा कोषको रकम ४२.४० प्रतिशतले बढेको छ । जगेडा कोषमा १८ करोड ५९ लाख ७७ हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसको कोषमा १३ करोड ६ लाख ३ हजार रुपैयाँ मात्र रहेको थियो ।

यसको कस्ट अफ फन्ड र खराब कर्जा पनि बढेको छ । राष्ट्र उत्थानको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ५३ पैसा रहेको छ ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार १०:५८