काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा आइसीएफसी फाइनान्सको खुद नाफा २९.७९ प्रतिशतले घटेर ३ करोड ३४ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ४ करोड ७६ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा पनि २७.०१ प्रतिशतले घटेर ४ करोड ९६ लाख ४४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो बर्षको यस अवधिमा यसले ६ करोड ८० लाख १९ हजार रुपैंया रहेको थियो ।
यता, खुद ब्याज आम्दानी भने ३४.९१ प्रतिशतले बढेर १४ करोड ८८ लाख ४९ हजार रुपैयाँमा पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड ३ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म चुक्तापुँजी १ अर्ब १२ करोड ७१ लाख १५ हजार रहेको बैंकको जगेडा कोषमा ५४ करोड ३ लाख ९० रुपैंया जम्मा गरेको छ ।
असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ३२ पैसा छ ।
Comment