एनसीसी बैंकको शेयरमूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनसीसी बैंकको शेयरमूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको शेयरमूल्य समायोजन गरेको छ । बैंकको ३.३६६ प्रतिशत बोनस शेयर समायोजन भएको हो ।

बोनस शेयर समायोजनपछिको मुल्य नेप्सेले १७८ रुपैयाँ १ पैसा तोकेको छ । बैंकको अन्तिम कारोबार मूल्य १८४ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।

हाल एनसीसी कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेकोले यस बैंकको कारोबार नेप्सेमा रोक्का छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्तालाई ७.६३ पै्रतिशत नगद र ३.३६६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्दैछ । लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक १५ गते मंगलबार बुक क्लोज गरेको छ ।

प्रकाशित : १५ कार्तिक २०७९, मंगलवार १२:१६