यस्तो छ माओवादी केन्द्रको घोषणापत्र (पूर्णपाठ) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

यस्तो छ माओवादी केन्द्रको घोषणापत्र (पूर्णपाठ)



काठमाडौं । नेकपा माओवादी केन्द्रले घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार पार्टी कार्यालय पेरिस डाँडामा घोषणापत्र सार्वजनिक गरिएको हो ।

माओवादीको घोषणा पत्रमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्ने, पार्टीले आगामी ५ वर्षमा आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा प्रमुख जोड दिने उल्लेख छ ।

त्यस्तै, गाउँ–गाउँ पुग्ने पर्यावरणमैत्री दिगो पूर्वाधार विकास गर्ने, जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक र सांस्कृतिक विभेदको अन्त्य र विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने, हरेक उमेर समूह र वर्गका नागरिकका लागि सबल सामाजिक सुरक्षा प्रणालीको व्यवस्था गर्ने, भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती विरूद्ध प्रभावकारी सुशासनमा जोड दिने घोषणापत्रमा उल्लेख छ ।

विकासलाई प्रकृतिमैत्री बनाउने, दुई अंकको आर्थिक बृद्धि हाँसिल हुने आधार निर्माण गर्ने, पार्टीका नेता तथा कार्यकर्तालाई उत्पादन एकाइहरुको नेतृत्व गर्न परिचालन गर्ने पनि रहेको छ ।

जमिन, जङ्गल, पानी, खानी र जैविक विविधता लगायतका प्राकृतिक स्रोतको उच्चतम उपयोग गर्ने, स्वास्थ्य र शिक्षामा राज्यको लगानी वृद्धि र प्रभावकारी व्यवस्थापन तथा नियमन गर्दै सर्वसुलम एवम् गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा जोड घोषणापत्रमा उल्लेख छ ।

कृषि क्षेत्रको रुपान्तरण गर्ने र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास गर्ने, हरेक क्षेत्रमा सामूहिक उत्पादन प्रणालीको विकास गरी कार्यान्वयन गर्ने, निजी क्षेत्रको लगानी र राष्ट्रिय पुँजीको विकासलाई प्रोत्साहन गर्ने तथा मजदुर, किसान, श्रमजीवी र विपन्न वर्गलाई समृद्धिको केन्द्रमा राख्ने योजना घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार १६:१०