नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको कारोबार फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको कारोबार फुकुवा गरेको छ। यी दुवै फन्डका इकाइहरु कात्तिक १४ गतेदेखि लागू हुने गरी कारोबार फुकुवा गरिएको नेप्से जनाएको हो।

गत असोज २६ मा कारोबार समयमा प्रतिफल घोषणासम्बन्धी सूचना नेप्सेमा पठाएको भन्दै नेप्सेले यी दुवै फन्डको कारोबार रोक्का गर्दै स्पष्टीकरण सोधेको थियो।

जबाफमा योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले मानवीय त्रुटि हुन पुगेको र अबउप्रान्त त्यस्तो कमीकमजोरी नगर्ने र नगराउने प्रतिबद्धतासहितको पत्र गत कात्तिक २ गते नेप्सेमा पठाएको थियो। सोही पत्रका आधारमा नेप्सेले दुवै फन्डको कारोबार फुकुवा गरेको हो।

गत आर्थिक वर्षका लागि करसहित नबिल ब्यालेन्स्ड फन्डका इकाइधनीहरुलाई ७ प्रतिशत र नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई ५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा नबिल इन्भेस्टमेन्ट बैंकिङले गरेको छ।

यी दुवै योजनाका प्रतिफल वितरणार्थ कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरिएको छ। यसको अर्थ कात्तिक १७ गतेसम्म कायम इकाइधनीहरुले यी दुवै योजनाको प्रतिफल पाउनेछन्।

प्रकाशित : 23 October, 2022 3:46 pm