महुली लघुवित्तको नाफा ७८.२७ प्रतिशतले घट्दा कस्ता छन् अन्य सूचक ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महुली लघुवित्तको नाफा ७८.२७ प्रतिशतले घट्दा कस्ता छन् अन्य सूचक ?



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो।

समीक्षा अवधिमा संस्थाले ५८ लाख २८ हजार खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ७८.२७ प्रतिशतले कम हो।अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

संस्थाको सञ्चालन मुनाफा पनि अघिल्लो वर्षको तुलनामा ७८.६८ प्रतिशतले घटेर ८३ लाख २६ हजार रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्षमा संस्थाले ३ करोड ९० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।

प्रथम त्रैमासमा संस्थाले ७ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ७ करोड ६७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाले २ अर्ब ५७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ अर्ब ७४ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी २८ करोड २१ लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषको आकार १२.५० प्रतिशतले घटेर १८ करोड ६० लाख रुपैयाँमा सीमित रहेको छ। अघिल्लो वर्ष रिजर्भमा २१ करोड २६ लाख रुपैयाँ थियो।

असोज मसान्तसम्म आइपुग्दा नाफासँगै प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ । गत वर्ष ४१ रुपैयाँ ५४ पैसा रहेको प्रतिसेयर आम्दानी यो वर्ष ८ रुपैयाँ २६ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ६६ पैसा छ ।

प्रकाशित : ६ कार्तिक २०७९, आईतवार १२:२४