काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी टिकटक भिडियो बनाउनेलाई ५० हजार पुरस्कार वितरण गर्ने घोषणा गरेको छ।
आयोगले निर्वाचन प्रचार–प्रसार, निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षाजस्ता विषयमा आधारित टिकटक भिडियो बनाउन आह्वान गरेको छ। आयोगले उत्कृष्ट ५ भिडियोलाई जनही ५० हजार पुरस्कार वितरण गर्नेछ।
टिकटक भिडियो २० सेकेन्डदेखि १ मिनेटसम्म हुनुपर्नेछ। भिडियो बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र आयोगमा पठाइसक्नुपर्नेछ।








Comment