प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी आरएसडीसी लघुवित्तको नाफा १०१ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी आरएसडीसी लघुवित्तको नाफा १०१ प्रतिशतले बढ्यो



काठमाडौं । आरएसडीसी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.९८ प्रतिशतले बढी हो।

यस अवधिसम्म आइपुग्दा लघुवित्तले ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिमा कम्पनीले १ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अबधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ११९.३३ प्रतिशतले बढेर ७ करोड ६५ लाख रुपैयाँ कायम भएको छ । गत बर्षको सोहि अबधिमा ३ करोड ४८ लाख रुपैंया कम्पनीले खुद ब्याज आम्दानी गरेको थियाे ।

त्यस्तै, लघुवित्तको वितरणयोग्य नाफा ३ करोड १० लाख रुपैयाँ रहेको छ । चुक्ता पूँजी ८० करोड ५१ लाख रुपैयाँ पुर्याएको यस लघुवित्तको जगेडा कोषमा ९ करोड ७४ लाख रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९९ पैसा र प्रति शेयर नेट्वर्थ १२६ रुपैयाँ ९६ पैसा छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ३४ पैसा रहेको थियो ।

कम्पनीको खराब कर्जा भने बढेर ०.६० प्रतिशत पुगेको छ । एक वर्ष अघिसम्म खराब कर्जा ०.२८ प्रतिशत थियो । यसको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९६ पैसा छ ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहीबार ११:०६