सोल्टी होटेलले लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सोल्टी होटेलले लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?



काठमाडौं । सोल्टी होटेल लिमिटेडले लाभांश दिने घोषणा गरेको छ। होटेल सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँको कुल २६.३१५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यसैगरी, सोल्टीले ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्र्ने भएको छ। सञ्चालक समितिले कम्पनीको ४८ औँ वार्षिक साधारणसभा आगामी पुस २८ गते आयोजना गर्ने निर्णय गरेको छ।

सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो होटेलको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार ११:४९