प्रतिनिधि र प्रदेशसभामा कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

प्रतिनिधि र प्रदेशसभामा कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?



काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा एक जना उम्मेदवारले प्रचार–प्रसार गर्न पाउने खर्चको हिसाबले देशका १६५ निर्वाचन क्षेत्रलाई ५ समूहमा विभाजन गरेको छ। पहिलो समूहमा रहेका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले मात्र २५ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्।

दोस्रो समूहमा रहेका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले निर्वाचन प्रचार–प्रसारमा २७ लाख रुपैयाँ खर्च गर्न पाउनेछन्। तेस्रो समूहमा रहेका ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले जनही २९ लाख रुपैयाँसम्म प्रचार–प्रसारमा खर्च गर्न पाउनेछन्।

चौंथो समूहमा रहेका ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म प्रचार–प्रसारमा खर्च गर्न पाउनेछन्। पाँचौं समूहमा रहेका २६ वटा निर्वाचन क्षेत्रमा उम्मेदावरले भने ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। मतदाता संख्यालाई ६० प्रतिशत, मतदान केन्द्रलाई २० प्रतिशत र क्षेत्रफललाई २० प्रतिशत मानेर खर्च सीमा तोकिएको आयोगले जनाएको छ ।

प्रकाशित : १ कार्तिक २०७९, मंगलवार १५:३४