काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागी असोज २६ गते बुधबार बुकक्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले, असोज २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले आगामी कात्तिक ४ गते आफ्नो १२ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजेबाट सुरु हुनेछ।
कम्पनीको सञ्चालक समितीको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७.४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.३९ प्रतिशत नगद लाभांश गरि कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
Comment