राधी विद्युत कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राधी विद्युत कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आफ्ना शेयरधनीहरुलाई गत असोज ५ गतेबाट हकप्रद शेयर बिक्री खुला गरेको हो।

कम्पनीले चुक्तापुँजीको १ः१.४७५२ अनुपातमा हकप्रद बिक्री खुला गरेको छ। कम्पनीले ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको हकप्रद निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद आफ्ना शेयरधनीहरुका लागि जारी गरेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

राधी विद्युतले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ गत भदौ १२ गते बुक क्लोज गरेको थियो। यसअर्थ भदौ १० गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद भर्न योग्य भएका छन्।

प्रकाशित : 11 October, 2022 11:26 am