सानिमा र जनरल इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सानिमा र जनरल इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । दुबैले मर्जरको विशेष प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गर्दै सभा सम्पन्न गरेका हुन् ।

दुबै कम्पनीको सभाले यी दुई इन्स्योरेन्स एक आपसमा गाभ्नेरगाभिने प्रस्ताव पारित गरेको छ । मर्जरपश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कायम गर्ने प्रस्ताव पनि अनुमोदन भएको छ । यस्तै डिडिएका आधारमा निर्धारण गरिएको शेयर अनुपात १ बराबर १ कायम गर्ने प्रस्ताव पारित भएको छ ।

हाल सानिमाको चुक्ता पूँजी एक अर्ब रुपैयाँ र जनरल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । दुई कम्पनीबीच एक बराबर एकमा मर्जर पश्चात चुक्ता पूँजी २ अर्ब रपैयाँ पुग्नेछ ।

दुई कम्पनी एक आपसमा मर्जर भएको बन्ने कम्पनीमा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीको ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलवार १६:०९