एनआइबिएल प्रगति फण्डले लाभांश वितरण गर्ने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआइबिएल प्रगति फण्डले लाभांश वितरण गर्ने घोषणा



काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआइबिएल प्रगति फण्डले लाभांश वितरण गर्ने भएको छ । यस फण्डले गत आर्थिक वर्ष ०७८/७९ को वितरणयोग्य मुनाफाबाट कर समेत ४.२० प्रतिशत नगद लाभांश असोज ९ गतेदेखि वितरण गर्न सुरु गरेको हो ।

फण्डले प्रतिफल प्रयोजनका लागि भदौ २९ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ २८ गतेसम्म कायम इकाईधनीहरूले मात्र फण्डको लाभांश प्राप्त गर्नेछन् ।

सम्बन्धित इकाईधनीहरूको बैंक खातामै प्रतिफल वापतको रकम जम्मा गरिएकाले हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन फण्डले अनुरोध गरेको छ ।

प्रकाशित : १० आश्विन २०७९, सोमबार १५:०५