नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको शेयरमुल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको शेयरमुल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले कम्पनीको १४ दशमलव ५० प्रतिशत बोनश शेयर प्रयोजनका मुल्य समायोजन गरेको हो ।

समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ४७१ रुपैयाँ ६२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मंगलबार इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन इन्स्योरेन्सको शेयर प्रतिकित्ता ५४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले असोज १३ गते, बिहीबार, १४ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे शुरु हुनेछ। सभाको मिटिङ्ग आईडी तथा पासवर्ड इमेल मार्फत उपलब्ध गराइने इन्स्योरेन्सले बताएको छ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित नाफाबाट इन्स्योरेन्सको चुक्ता पूँजीको १४.५० प्रतिशत बोनस शेयर, कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई बीमा स्वीकृती पश्चात परिवर्तन गरी ५१ः४९ कायम गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलवार १०:४१