काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले १५.७८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १५ प्रतिशत नगद र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश सेयर नियामक बिमा समिति र नेपाल लाइफको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।
Comment