नेसनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले हाल कायम चुक्तापुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित : २८ भाद्र २०७९, मंगलवार ११:३३