एसियन लाइफ इन्सुरेन्सको लाभांश बिमा समितिबाट स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एसियन लाइफ इन्सुरेन्सको लाभांश बिमा समितिबाट स्वीकृत



काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले प्रस्ताव गरेको लाभांश बिमा समितिले स्वीकृत गरेको छ ।बीमा समितिले सोमबार लाभांश वितरणको लागि स्वीकृति प्रदान गरेको हो।

एसियनलाई आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १४.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७६ प्रतिशत नगद गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्न स्वीकृति दिएको छ ।

अब कम्पनीले लाभांश प्रस्ताव वार्षिक साधारण सभामा लैजानेछ । सभाबाट परित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार १०:५९