काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रकाे फुटपाथको व्यापार हटाउन सुरु गरेको छ । अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेको असन, इन्द्रचोक क्षेत्रका पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिका पसलहरु पनि हटाउन सुरु गरेको हो ।
महानगरले आइतबार २४ घण्टाभित्र यी क्षेत्रमा रहेका पसल तथा अवैध संरचनाहरु हटाउन निर्देशन दिएको थियो । तोकिएको समयभित्र पसल नहटाएमा महानगर आफैंले उक्त क्षेत्रमा रहेका संरचना तथा पसलहरुलाई हटाउने भनिने पछि आज यी क्षेत्रका पसल तथा अवैध संरचना हटाउन महानगरको टोली पुगेको हो ।
Comment