२४ घण्टाभित्र कर नतिरे शिलबन्दी गर्ने महानगरपालिकाको चेतावनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

२४ घण्टाभित्र कर नतिरे शिलबन्दी गर्ने महानगरपालिकाको चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदर्शनी मार्गमा रहेको काठमाडौं फन पार्कलाई २४ घन्टाभित्र कर तिर्न अल्टिमेटम दिएको छ । व्यवसाय सञ्चालन गरेर वर्षौदेखि कर नतिरेको भन्दै महानगरले काठमाडौं फनपार्कलाई २४ घन्टे अल्टिमेटम दिएको हो ।

महानगरले उक्त रकम र जरिवाना तोकिएको समयमा नतिरे शिलबन्दीनै गर्ने चेतावनी दिएको छ । फन पार्कले काठमाडौं महानगरपालिकालाई तिर्नुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर अहिलेसम्म नतिरेको पाइएको छ ।

प्रकाशित : १५ भाद्र २०७९, बुधबार १८:१६