श्रृजनशील लघुवित्तको आइपीओमा आवेदन खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

श्रृजनशील लघुवित्तको आइपीओमा आवेदन खुल्ला



काठमाडौं । श्रृजनशील लघुवित्तको आइपीओमा आज बुधबारदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ६८ हजार ५९० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यस आइपीओमा छिटोमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यस आइपीओमा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

प्रकाशित : १५ भाद्र २०७९, बुधबार ११:३२