दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको इकाइ साधारणसभा हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) का कारण भीडभाड गर्न सकस पर्ने भन्दै इकाइ साधारणसभा गर्न लागिएको हो।
भदौ ३० गते, असोज ३ गते र असोज ८ गते साधारणसभाको मिति तय भएको छ । भदौ ३० मा मागापौवा, काटाकुटी, फस्कु, नाम्दु क्षेत्रपा, सुनखानी, बाबरे, सिंगती, थामीच्यागु क्षेत्रमा साधारणसभा हुने छ । त्यस्तै असोज ३ गते भीमेश्वर नगरपालिकाका विभिन्न वडाको साधारणसभा हुने छ । असोज ८ गते निर्णय पुस्तिका प्रमाणित एवम् संयुक्त साधारणसभा हुने भएको छ ।
सचिव ठाकुरप्रसाद पाठकले विद्यालय सञ्चालन भएका क्षेत्रमा भने विद्यार्थीलाई असर नपुग्नेगरी आसपासका क्षेत्रमा साधारणसभा गर्नुपर्ने उल्लेख गरेका छन् । साधारणसभामा संस्था एकीकरणसम्बन्धी प्रस्ताव पेश हुने छ । अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखा परीक्षण प्रतिवेदन पारित हुने छ ।
वार्षिक प्रतिवेदन संस्थाको वेभसाइटमा अपलोड गरिने, साधारणसभामा आउँदा बासबुक अनिवार्य लिनुपर्ने, कोभिडको स्वास्थ्य प्रटोकल पूरा गर्न सूचना जारी गरिएको । संस्थाले असोजमा सेयर सदस्य तथा बाल बचतकर्तालाई प्रवेश शुल्क निशुल्क गर्ने भएको छ ।
नोटः यो विज्ञापन हो
Comment