एक महिनामा १ खर्ब बढी घट्यो वाणिज्य बैंकहरुको निक्षेप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक महिनामा १ खर्ब बढी घट्यो वाणिज्य बैंकहरुको निक्षेप



काठमाडौं । साउनमा वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप १ खर्ब ८ अर्ब रुपैयाँले घटेको हो।

साउन ३१ गतेसम्म वाणिज्य बैंकहरुमा निक्षेप संकलन ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ। गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो।

तथ्यांकअनुसार साउनको २७ गतेसम्म ४४ खर्ब २१ अर्ब निक्षेप रहेकोमा साउन ३१ गतेसम्ममा वाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब ३३ अर्ब पुगेकाे छ । जुन १२ अर्ब रुपैयाँले बढी हाे ।

त्यस्तै, साउन महिनामा कर्जा प्रवाह पनि दुई अर्ब रुपैयाँले बढेको छ । असार ३२ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह साउन ३१ गतेसम्म आइपुग्दा दुई अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ ।

यता वाणिज्य बैंकहरुको औसत सीडी रेसियो साउन मसान्तसम्म ८८.०७ प्रतिशत कायम भएको छ।

प्रकाशित : 21 August, 2022 4:16 pm