कुमारी क्यापिटलको बार्षिक साधारण सभा भदौ २० गते, यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

कुमारी क्यापिटलको बार्षिक साधारण सभा भदौ २० गते, यस्ता छन् एजेन्डा



काठमाडौं । कुमारी क्यापिटलले भदौ २० गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कुमारी बैंक टंगाल, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुने तय भएको हो।

साउन २५ गते बसेको सञ्चालक समितिको ७० औँ बैठकले चुक्ता पुँजीको ५ प्रतिशतले हुने २ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ ।

कम्पनीको अन्य कुनै उपयुक्त कम्पनीसँग मर्जर/प्राप्ति स्वीकृत गर्ने र सञ्चालक समितिलाई आवश्यक सबै अख्तियारी उपलब्ध गराउने, त्यसले गरेको कामलाई स्वीकृत गर्ने र नयाँ मर्जर समिति गठन गर्ने कार्यसूची रहेको छ । यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक पनि तोक्नेछ ।

प्रकाशित : २९ श्रावण २०७९, आईतवार १३:२७