बैंक तथा वित्तीय संस्थाले वितरण गर्ने ३० प्रतिशत नगद लाभांसको व्यवस्था खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंक तथा वित्तीय संस्थाले वितरण गर्ने ३० प्रतिशत नगद लाभांसको व्यवस्था खारेज



काठमाडौं । इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने ३० प्रतिशत नगद लाभांसको व्यवस्था हटेको छ । राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था हटाएको हो ।

इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने व्यबस्था थियो ।

यस्तो नगद लाभांश इजाजतपत्रप्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी नहुने र खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न नपाउने व्यवस्था थियो ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार १४:४५