सेयर धितो कर्जामा ४ को निति खारेज १२ को निति लागु गर्दै राष्ट्र बैक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर धितो कर्जामा ४ को निति खारेज १२ को निति लागु गर्दै राष्ट्र बैक



काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड रुपैयाँ कायम गरेको छ। बैंक तथा वित्तीय संस्थाको लागि एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उल्लेख गरे बमोजिमको ४ को निति खारेज गरेर १२ मात्र कायम गर्ने सो व्यवस्थालाई कार्यान्वयनमा ल्याएको छ।

मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड रुपैयाँ कायम गरिएको उल्लेख छ।

२०७८ भदौ ८ गतेपूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा सो मितिबाट एक वर्षमध्ये जुन पहिले हुन्छ सो अवधिभित्र नियमित गरिसक्नुपर्ने निर्देशनमा उल्लेख छ।

यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेरमात्र कर्जा प्रवाहरनवीकरण गर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ। त्यस्तै, तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने जनाएको छ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार १४:०९