कुमारी बैंकको नाफा ४३.८७ प्रतिशत बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कुमारी बैंकको नाफा ४३.८७ प्रतिशत बढ्यो



काठमाडौं ।कुमारी बैंकको आर्थिक वर्ष २०७८/०७९मा नाफा ४३.८७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष बैंकले २ अर्ब ८३ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९७ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको थियो। बैंकको खुद ब्याज आम्दानी २५.६७ प्रतिशत बढेर ६ अर्ब ३८ करोड पुगेको छ । त्यसैगरी खुद फि तथा कमिसन आम्दानी ४.४८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ४५.८१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३२‍‍.६८ प्रतिशत बढेको छ।

साथै, बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७ पैसा बढेर १९ रुपैयाँ २७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ९.९२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ १ पैसा रहेको छ।

बैंकको चुक्ता पूँजी ६ प्रतिशत बढेर १४ अर्ब ७१ करोड पुगेको छ । त्यसैगरी, बैंकको निक्षेप २१.२१ प्रतिशतले बढेर १७६ अर्ब र कर्जा ११.२२ प्रतिशतले बढेर १५६ अर्ब पुगेको छ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार १०:२०