वाणिज्य बैंकहरुको एकसातामा निक्षेप र कर्जा लगानी दुवै घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वाणिज्य बैंकहरुको एकसातामा निक्षेप र कर्जा लगानी दुवै घट्यो



काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप २८ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार बैंकहरुको एक साताको अवधिमा निक्षेप २८ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ५० अर्ब रुपैयाँमा झरेको हो।

गत असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप साउनको दोश्रो सातामा घटेर ४४ खर्ब ५० अर्ब रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो साताको तुलनामा २८ अर्ब रुपैयाँले कम हो । साउनको पहिलो सातामा बैंकहरुमा यस्तो रकम ४४ खर्ब ७८ अर्ब रुपैयाँ थियो ।

निक्षेपसँगै बैंकहरुको कर्जा लगानी पनि घटेको छ । दुई सातामै बैंकको कर्जा लगानी ११ अर्ब रुपैयाँले घटेको छ । असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले साउन दोश्रो सातामा ४१ खर्ब ६४ अर्ब रुपैयाँमा सीमित भएको छ । जुन साउनको पहिलो सातामा ४१ खर्ब ६५ अर्ब रुपैयाँ थियो ।

त्यस्तै, समीक्षा अवधिमा सीडी रेसियो बढेर ८७.९८ प्रतिशत पुगेको छ । जुन साउनको पहिलो सातामा ८७.७५ प्रतिशत थियो ।

प्रकाशित : 2 August, 2022 10:25 pm