काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा नेपालको पर्यटन विकांसका लागि भ्रमण दशकका रुपमा मनाउन लागिएको जानकारी दिइएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, नेपाल पर्यटन बोर्ड तथा अन्य सम्बन्धित मन्त्रालयको सहयोगमा तीन महिनाभित्र आवश्यक तयारी अघि बढाइने मन्त्रालयको भनाइ छ ।
यसअघि सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा गरेपनि बीचमै सिर्जना भएको कोभिड(१९ संक्रमणका कारण प्रभावित हुन पुगेको थियो । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको भ्रमण वर्षमा जम्मा २ लाख पनि पर्यटक पनि भित्रिन सकेनन् ।
कोभिड-१९ को प्रभाव कम भएसँगै विस्तारै लयमा फर्किदै गरेको विश्व पर्यटन बजारबाट पुनः पर्यटन आकर्षित गर्न सकिने भन्दै कार्ययोजनाले सन् २०२३ देखि २०३३ लाई भ्रमण वर्षको रुपमा अघि बढाउन सकिने बताएको हो ।
Comment