माई खोला हाइड्रोपावर र सगरमाथा जलविद्युत कम्पनीको साधारण सभा साउन २५ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माई खोला हाइड्रोपावर र सगरमाथा जलविद्युत कम्पनीको साधारण सभा साउन २५ गते



काठमाडौं । माई खोला हाइड्रोपावर र सगरमाथा जलविद्युत कम्पनीले साधारण सभा गर्ने भएको छ । दुबै कम्पनीले साउन २५ गते आफ्नो केन्द्रिय कार्यालयमा साधारण सभा डाकेका हुन्।

सगरमाथाको सभा बिहान साढे ९ बजे शुरु हुनेछ भने माई खोलाको साढे ११ बजे शुरु हुनेछ।

यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, आईपीओ निष्काशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत (कर बाहेक) नगद लाभांश वितरण गर्ने, सञ्चालक समिति सदस्यहरुको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

प्रकाशित : 19 July, 2022 11:24 am