लघुवित्तकाे समस्या राष्ट्र बैंकले समाधान गर्न सक्दैन : कार्यकारी निर्देशक डा. श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लघुवित्तकाे समस्या राष्ट्र बैंकले समाधान गर्न सक्दैन : कार्यकारी निर्देशक डा. श्रेष्ठ



काठमाडौं । नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले माइक्रोफाइनान्स माइक्रो नै भएर बस्नुपर्ने भन्दै म्याक्रो बन्न नखोज्न आग्रह गरेका छन् । मंगलबार माईक्रोफाईनान्स एसोसिएसन अफ नेपालले आयोजना गरेको मौद्रिक नीति र लघुवित्तहरूको वर्तमान अवस्था सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले माइक्रोफाइन्सहरूको समस्या राष्ट्र बैंकलाई थाहा भएकाे र राष्ट्र बैंकले सबै समस्या सम्बोधन गर्न नसक्ने उनले बताए । अहिले समग्र बैंकिङ्ग प्रणालीमा तरलताको अभाव रहेको छ । अहिले बाह्य क्षेत्रमा परेको दवाव, शोधानान्तर घाटा, विदेशी विनिमय संञ्चितिमा कमि आएको कारण बैकिड प्रणालीमा तरलता अभाब भएपनि केहि सुधारका पक्षहरुपनि रहेको बताएका छन् । यसले असारसम्ममा कत्तिको निरन्तरता पाउछ भन्ने रहेको बताएका छन् ।

बाह्य क्षेत्रमा भएको दवाव शोधानान्तर घाटा लगाएतमा आएको कमीले बैङ्किङ क्षेत्रमा समस्या उत्पन्न भएको र यसबाट माईक्रोफाईनान्स पनि अछुतो नरहेको बताए । अहिले सबैतिर तरलताको कमी छ माईक्रोफाईनान्स कम्पनीले पनि त्यहि हिसाबमा काम गर्नुपर्ने उनको भनाई छ । यद्यमी तरलता अभाव हुनु, यसलाई एउटा अबसरको रुपमा पनि लिन सकिने उनले बताए ।

उनले भने, ‘कहिलेकाहीँ घाम लाग्छ, कहिले बादल लाग्छ, कहिले पानी पर्छ भने जस्तै अहिले तरलताको अभाव हुन गएको छ । कराएर मात्रै तरलता आउँदैन । केन्द्रीय बैंकसंग खनेर निकाल्न सक्ने योग्यता छैन । यस्तो अवस्थामा गुणस्तरमा ध्यान दिन आवश्यक छ ।’

बैकलाई अहिले शोधानान्तर घाटा सुधार गर्नु मुख्य चुनौती रहेको उल्लेख गदै उनले भने, ‘अहिले पनि राष्ट्र बैकले बैङ्किङ प्रणालीमा साढे तीन खर्ब तरलता पठाइरहेको छ । हामी जति लचक भएर तरलता पठाउँछौँ त्यति नै शोधानान्तर घाटा बढ्छ ‘। त्यसैले यस बेलामा लघुवित्तहरूले आफ्नो गुणस्तरमा ध्यान दिनुपर्ने उनको सुझाव रहेको छ ।

प्रकाशित : २८ असार २०७९, मंगलवार १८:५०