काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आजदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले निष्काशन गर्ने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार १५० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १८ लाख २० हजार ४७५ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।
कम्पनीको आइपीओ असार २० गते निष्कासन भइ छिटोमा असार २३ गते र ढिलोमा साउन २ गते बन्द हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ ।
कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो सेयर खातामार्फत् आवेदन दिन सकिनेछ ।
Comment