दुई ईन्स्योरेन्सको शेयर कारोबार रोक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई ईन्स्योरेन्सको शेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । आइतबार सूर्या लाइफ र ज्योति लाइफ ईन्स्योरेन्स बीच मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेपछि नेप्सेले कारोबार रोक्का गरेको हो ।

यी दुई इन्स्योरेन्स बीच आइतबार होटल यक एण्ड यतिमा आयोजित एक कार्यक्रममा मर्जर सम्बन्धी सम्झौता पत्रमा सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट पनि अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका थिए ।

बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरूले न्युनतम चुक्ता पूँजी ५ अर्ब रूपैयाँ पुर्याउनु पर्नेछ ।

हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ । एक बराबर एकको अनुपातमा मर्जर भए मर्जर पश्चत बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६२ करोड रूपैयाँ पुग्नेछ ।

मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको लागि सम्झौतापत्र सहित बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्र प्राप्त हुना साथ डिडिए लगायत मर्जर सम्बन्धी अन्य कार्यहरु द्रुर्त गतिमा अगाडि बढाइने जनाएको छ ।

प्रकाशित : १३ असार २०७९, सोमबार ११:४९