काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश गरि कुल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्ता शेयर पूँजी एक अर्ब १५ करोड १७ लाख ९२ हजार एक सय ४९ रुपैयाँ बराबरको ८.५० प्रतिशतले हुन आउने ९ करोड ७९ लाख दुई हजार तीन सय ३१ रुपैयाँ बराबरको बोनस शेयर तथा उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४५ प्रतिशतले हुन आउने ९१ लाख ५२ हजार ७ सय ५४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।






Comment