राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीलाई कडाई गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्ने कम्पनीलाई कडाई गर्दै



काठमाडौं । रेमिट्यान्स कारोबार गर्ने कम्पनीलाई कडाई गर्दै नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको छ । सोमबार राष्ट्र बैंकले रेमिट्यान्ससँग सम्बन्धीत कारोबार गर्ने कम्पनीहरुका लागि नयाँ निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

निर्देशनमा विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब(एजेण्ट वा सब प्रतिनिधिहरुले आन्तरिक विप्रेषणको कारोबार नगद भुक्तानी गर्दा सम्बन्धित विप्रेषण कम्पनीको प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने निर्देशनमा जनाएका छ। त्यस्तै, बैंक खाता व विद्युतीय वालेट सम्बन्धित विप्रेषण कम्पनीको प्रणाली अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने छ।

आन्‍तरिक विप्रेषणको दैनिक प्रतिव्यक्ति प्रतिकारोबार भुक्तानीको सीमा अहिले २५ हजार रुपैयाँ नै यथावत राखेको छ। गत फागुनभन्दा पहिला यस्तो सिमा एक लाख रुपैयाँ रहेको थियो ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलवार ११:१७