काठमाडौं । आर्दश लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर(आईपीओ) निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ । लघुवित्तले ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।
लघुवित्तले निष्काशन गर्न लागेको कुल ६७ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । त्यसैगरी बाकी रहेको ६२ हजार ६१५ कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा छिटोमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । इच्छुक व्यक्तिले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेबसाइट तथा एपमार्फत् आवेदन दिन सक्नेछन् ।
Comment