राष्ट्र बैंकले २१ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले २१ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो।

जेष्ठ २४ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि २३ गते सोमवार दिउँसो ३ बजे बोलकबोल हुने छ। केन्द्रीय बैंकले ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दैछ। सो ट्रेजरी बिल आगामी भदौ २१ गते परिपक्व हुनेछ।

यस्तै, १८२ दिन अवधिको १० अर्ब रुपैयाँको ट्रेजरी बिल मंसिर २० गते परिपक्व हुनेछ । यसैगरी, ३६४ दिनका लागि जारी हुने ट्रेजरी बिल ६ अर्ब ८३ करोड रुपैयाँको रहेको छ भने यसको २०८० जेठ २३ गते परिवक्व हुने केन्द्रीय बैंकले जनाएको छ ।

बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

प्रकाशित : 5 June, 2022 5:00 pm