काठमाडौं । सरकारले आगामी साउन १ गतेबाट सवारीहरूमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्था विभागले शुक्रबार सुचना जारी गर्दै आगामी १ गतेबाट सवारीहरूमा अनिवार्य इम्बोस्ड प्लेट जडान गर्नुपर्ने जनकारी दिएको हो ।
बागमती र गण्डकीका यातायात कार्यालयहररूबाट इम्बोस्ड नम्बरप्लेट जडानका लागि सबै पूर्वाधार तयार भएको विभागको भनाइ छ। इम्बोस्ड नम्बरप्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको थियो छ। तर, पूर्ण कार्यान्वयन भएको थिएन। अब भने यो नियम अनिवार्य लागु गर्नुपर्ने विभागको भनाइ छ ।
Comment