सानिमा बैंकको २५ लाख कित्ता संस्थापक शेयर विक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सानिमा बैंकको २५ लाख कित्ता संस्थापक शेयर विक्रीमा



काठमाडौं । सानिमा बैंक लिमिटेडको २५ लाख कित्ता संस्थापक शेयर शुक्रबारदेखि विक्रीमा आएको छ। बैंकले डा. निरज गोविन्द श्रेष्ठको नाममा रहेको उल्लेखित कित्ता शेयर प्रतिकित्ता रु.२०० मा विक्रीको लागि ३५ दिने सुचना जारी गरेको हो ।

यो शेयर खरीदका लागि तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । आवेदन दिँदा न्यूनतम २ लाख कित्ता माग गर्न सकिनेछ ।

बैंकले तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जनाएको छ ।

प्रकाशित : 3 June, 2022 10:41 am