प्राइम कमर्सियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

प्राइम कमर्सियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति



काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्विकृति पाएको छ। अब बैंकले केही दिनमै ऋणपत्र निष्काशन गर्ने छ। बैंकले गत बैशाख २२ गते ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो।

बैंकले अब छिट्टै ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निस्कासन गर्ने छ। यसको अंकित मूल्य प्रति कित्ता एक हजार रुपैयाँ हुनेछ। बोर्डका अनुसार बैंकले ५ वर्षका लागि ’प्राइम ऋणपत्र २०८४’ नामक ऋणपत्र जारी गर्ने छ।

बैंकले ऋणपत्र प्राइभेट प्लेसमेन्टबाट ३० लाख कित्ता बिक्री गर्ने छ भने सर्वसाधरणका लागि २० लाख कित्ता छुट्याएको छ। ऋणपत्रको वार्षिक ब्याजदर १०.१५ प्रतिशत छ। यसको बिक्री प्रबनधकमा सानिमा क्यापिटल छ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहीबार १६:१५