माछापुच्छ्रे बैंकका ग्राहकले काठमाडौं प्याथल्याब र ग्यालेसी स्पेसलिटी क्लिनिकमा विशेष छुट पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकका ग्राहकले काठमाडौं प्याथल्याब र ग्यालेसी स्पेसलिटी क्लिनिकमा विशेष छुट पाउने



काठमाडौं । माछापुच्छ्रे बैंक र काठमाडौं प्याथल्याब एन्ड डाइनोस्टिक सेन्टर र ग्यालेसी स्पेसलिटी क्लिनिकबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले काठमाडौं प्याथल्याब डाइनोस्टिक सेन्टरबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सम्बन्धि सुविधा लिदाँ २५% सम्म छुट पाउनेछन्।

त्यसैगरी ग्यालेसी स्पेसलिटी क्लिनिकबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सम्बन्धि सुविधामा २५ % सम्म छुट पाउनेछन् ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएममार्फत १३ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहीबार १३:२५