राष्ट्र बैंकले एक अर्ब ५० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकले एक अर्ब ५० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको एक अर्ब ५० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको २९१ दिने निक्षेपमा लगानी गर्ने जनाएको छ ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुमा एक अर्ब २० करोड, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा २२ करोड ५० लाख, ‘ग’ वर्षका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७ करोड ५० लाख रुपैयाँ गरि एक अर्ब ५० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त विभिन्न शर्तहरु पुरा गरेका बैंक तथा वित्तीय संस्थाहरुबाट तोकिएको सिमाभित्र रही आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत तोकेको फारम भरि भदौ २३ गते मंगलबार ४ बजेभित्र शिलबन्दी प्रस्ताव पेश गनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार १८:२६