राष्ट्र बैंकले पुराना सवारी साधनहरुको लिलाम बिक्री गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकले पुराना सवारी साधनहरुको लिलाम बिक्री गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना सवारी साधनहरुको लिलाम बिक्री गर्ने भएको छ । बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले आफ्नो स्वामित्वमा रहेको तीनवटा जीप, स्वराज मज्दा बस र महेन्द्रास्कारपियो पीकअप लिलाम बिक्री गर्न लागेको हो ।

बैंकको सूचना अनुसार उक्त सवारी साधनहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम बिक्री गर्ने जनाएको छ । इच्छुक व्यक्ति वा कम्पनीले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बोलपत्र फारम खरिद गरी १६ दिनको १२ बजेभित्र सिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार १२:३९