नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्त



काठमाण्डौ । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र प्रसाद ढुंगाना नियुक्त भएका छन्। जेठ ७ गते सम्पन्न विशेष साधारणसभाले अनुमोदन गरेको अन्तिम सम्झौतापत्रमा नेपाल बंगलादेश बैंक प्राप्तिपछि नबिल बैंकको सीईओमा ढुंगाना नियुक्त हुने भएका हुन्।

ढुंगानाले आउँदो असार १७ बाट नबिलको सीईओको रुपमा पदबहाली गर्नेछन् । नबिल बैंकका  वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल केही दिनभित्रै सकिँदैछ। त्यसैले बैंकले सीईओमा ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो।

ढुंगाना गत पुसमा नेपाल बंगलादेश बैंकको सीईओबाट अवकाश भएका हुन्। उनीसँग तीन दशक बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ। उनी अनुभवी बैंकर रुपमा परिचित छन्।

आउँदो असार १२ गतेबाट ढुंगानाको कुलिङ पिरियड सकिँदैछ। कुलिङ पिरियड सकिएलगत्तै उनले नबिल बैंकको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नेछन्।

नबिलले सोमबार राष्ट्र बैंकलाई नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्न अन्तिम स्वीकृति माग्दै आवश्यक विवरण पठाएको छ। सोही विवरणमा नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंकको व्यवस्थापकीय नेतृत्व ढुंगानाले सम्हाल्ने जानकारी गरेको छ।

प्रकाशित : 24 May, 2022 1:16 pm