काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले आन्तरिक उत्पादन र रोजगारी बढाउन कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न आबश्यक रहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले कृषिमा प्राथमिकता दिँदा रोजगारी सिर्जनाका साथै आयात प्रतिस्थापन हुने र वैदेशिक मुद्रा सञ्चिती बढेर जाने बताएका हुन् ।
उनले अर्थतन्त्र सुधारका लागि तत्काल परिणाम दिन सक्ने भनेको कृषि क्षेत्र नै हो र विगतको बजेटमा कृषिलाई प्राथमिकतामा राखिएको भनिएपनि परिणाम केहि नदेखिनएको बताए । त्यसैगरी उनले शिक्षाको लागि देश बाहिर पुग्ने रकम रोक्नलाई देशमै गुणस्तरीय शिक्षा दिनुपर्ने बताएका छन् । उनले विदेश पढ्न जाने विद्यार्थीले पैसा लिएर जाँदा विदेशी मुद्रा सञ्चितिमा समस्या भएको बताएका थिए ।
शिक्षामा विदेश गएको रकम गत वर्ष २१ अर्ब रहेकोमा यो वर्ष त्यो बढेर २४ अर्ब पुगेको छ । पढ्न जानेले लिएर जाने पैसा मात्रै हो । विदेशी मुद्राको सञ्चितिमा अलिकती समस्या त्यसले पनि पारेको उनको भनाई छ । माध्यामिक तहमा हाम्रो गुणस्तरीय भयो अब विश्वविद्यालयस्तरको शिक्षालाई गुणस्तरीय बनाउनेबित्तिकै हाम्रो शिक्षाको गुणस्तर बढ्छ । विदेशी मुद्राको सञ्चिति लगायत धेरै कुरा एकै साथ सुधार गर्ने भएकोले यस्तो क्षेत्रहरूमा सरकारले ध्यान दिनपर्ने सुझाव दिएका छन् ।
Comment