जाल्पा सामुदायिक लघुवित्तको वार्षिक साधारणसभा जेठ २८ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

जाल्पा सामुदायिक लघुवित्तको वार्षिक साधारणसभा जेठ २८ गते



काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ। सञ्चालक समितिको जेठ १ गते बसेको बैठकले जेठ २८ गते रुपन्देहीको बुटवलमा साधारणसभा बस्ने मिति तय गरेको हो।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ। संस्थाले उक्त आर्थिक वर्षका लागि बोनस सेयर तथा नगद लाभांश प्रस्ताव गरेको छ। हकप्रदसम्बन्धी एजेन्डा पनि संस्थाले राखेको छैन।

वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले यही जेठ १२ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

प्रकाशित : ३ जेष्ठ २०७९, मंगलवार १२:३६