सुनचाँदीको मुल्य बड्यो, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बड्यो, कतिमा भईरहेको छ कारोबार ?



काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको मुल्यमा सामान्य बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको हो । योसँगै प्रतितोला छापावाल सुनको मुल्य ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको छ।

गत आइतबार छापावल सुनको मुल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ तेजाबी सुनको मुल्य प्रतितोला ९६ हजार रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य प्रतितोला १ हजार २६० रुपैयाँ कायम भएको छ। गत आइतबार चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित : 17 May, 2022 12:01 pm